पाँच सय रुपियाँले घट्यो सुनको मूल्य

Advertisement

काठमाडौं । शुक्रबार सुन-चाँदीको मूल्यमा गिरावट आएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला पाँच सय रुपियाँले घटेर ८८ हजार आठ सय रुपियाँ कायम भएको छ । बिहीबार यसको मूल्य प्रतिातोला ८९ हजार तिन सय रुपियाँ थियो । 

यता, तेजावी सुनको मूल्य पनि पाँच सय रुपियाँले घटेर ८८ हजार ३५० रुपियाँ कायम भएको छ । बिहीबार यसको मूल्य प्रतितोला ८८ हजार ८५० रुपियाँ थियो । 

Advertisement

शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी २० रुपियाँले घटेर एक हजार ३३५ रुपियाँ कायम भएको छ । बिहीबार यसको मूल्य एक हजार ३५५ रुपियाँमा कारोबार भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।  

Advertisement

Advertisement