काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि उपचारका लागि नर्भिक अस्पताल लगिएको छ । मन्त्रीसमेत भइसकेका जोशीको मस्तिष्कमा पानी जमेको देखिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
उनलाई बिहीबार छातीमा असहज भएपछि वीर अस्पताल भर्ना गरिएको थियो । वीरले बिहान उनलाई नर्भिक रिफर गरेको हो । जोशीको अवस्था गम्भीर रहेको र शल्यक्रिया गरेर पानी निकाल्ने तयारी भइरहेको जनाइएको छ ।