दिनदिनै दलका नेता र विदेशी राजदूतहरुले घेर्दा देउवा तनाबमा

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले संसद ब्युँताएपछि सत्ता राजनीतिको ‘हट–केक’ बनेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई दलका नेतादेखि विदेशी राजदूत  भेट्न भ्याईनभ्याई भएको छ । 

सामन्य कुरामा पनि झड्ङग–झडङ्ग रिसाउने देउवा आफ्ना निवास बुढानिलकण्ठमा नेता र राजदूतहरुले घेर्न थालेपछि थप तनावमा परेका छन् । सत्तारुढ दल नेकपा विभाजित अवस्थामा पुगिसकेको र नयाँ सरकार बनाउन काँग्रेसको निर्णायक भूमिका देखिएको अवस्थामा देउवाको शक्ति बढेर गएको । संसदमा काँग्रेसको हिस्सा २२ प्रतिशत मात्रै हो । तर, अहिले सोही संख्या निर्णायक हुनसक्ने देखिएको छ । 

Advertisement

शक्ति बढे पनि उनीमाथि सत्ता समिकरण मिलाउने र भत्काउने कुरामा आन्तरिक र बाह्य दबाब बढ्दै गएको छ । आफ्नो  पार्टीभित्रबाट समेत नेकपाको केपी ओली समूहसँग तालमेल नगर्न दबाब खेपिरहेका उनले नेकपाको प्रचण्ड–माधव समूहसँग तालमेल गर्ननसक्ने नैतिक बन्धनमा बाँधिएका छन् । देउवाको आडभरोसमा केपी ओलीले संसद विघटन गरेको देखिएकाले पनि ओलीलाई धोका दिएर अरु पार्टी वा समूहसँग तत्काल उनले तालमेल गर्नसक्ने अवस्था देखिन्छ । 

नेकपा फुट्दा पनि काँग्रेस तेस्रो ठूलो दल मात्रै हुने भएकाले, नेकपा औपचारिकरुपमा फुटिनसकेकोले, आफ्नै पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेकाले देउवा यतिबेला ठूलो दुविधामा परेका छन् । ज्योतिसले भनेअनुसार सात पटक प्रधानमन्त्री बनेर रेकर्ड बनाउने  सुरुमा रहेका उनको सत्तारोहण त्यति सहज देखिन्न । तर, सत्ता साझेदारीको कुरामा देशीविदेशी दबाबका कारण को सँग साझेदारी गर्ने ? वा कसैसँग नगर्ने ? चर्को दबाब बढ्दै गएको छ । 

देउवाले नेकपाको ओली र प्रचण्डमध्ये जसलाई साथ दियो उही प्रधानमन्त्री बन्नसक्ने गणितले देखिन्छ । प्रधानमन्त्री कस्ले बनाउने भन्ने कुरामा पछिल्लो दिन छिमेकी भारत र चीनका साथै अमेरिकाले समेत चासो देखाएको छ । अमेरिका नेपालमा जतिसक्दो चाँडै एमसीसी सम्झौता संसदबाट पास गराउन चाहान्छ । संसदको पुनःस्थापना पनि सोही क्रममा भएको हुनसक्ने धेरैको अडकल छ । 

देउवालाई भारतीय र चिनियाँ राजदूतले भेटेर कुराकानी गरिसकेका छन् । भारतीय राजदूतले त पटक पटक देउवालाई भेटिसकेका छन् । नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले भेटेर तथा फोनबाट उनलाई सत्ता साझेदारीको प्रस्ताव राखिसकेका छन् । त्यसबाहेक आफ्नै पार्टीका नेता कार्यकर्ताको भीड पनि बुढानिलकण्ठमा बढ्न थालेको छ । नयाँ राजनीतिक विकाससँगै बुधबार साँझ नेपाली नेताहरुको गाडिको लाइन भारतीय दूतावासभित्र लाइन लागेर छिरेको प्रत्यक्षदर्शीहरुले बताउँदै आएका छन् । 

Advertisement

Advertisement