ओली समूहले संसदीय दलको सचेतकबाट देव गुरुङलाई हटाएर भट्टराई नियुक्त गर्यो

Advertisement

काठमाडौं । नेकपा ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर सो ठाउँमा विशाल भट्टराईलाई सो जिम्मेवारी दिएको छ । गुरुङ प्रचण्ड–माधव समूहमा रहेकाले र सर्वोच्च अदालतको फैसलाका आधारमा संसद अधिवेशन आव्हानको तयारी गरिएसँगै प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी ओलीले प्रमुख सचेतक फेरेका हुन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रमुख सचेतकमा गुरुङलाई हटाएर भट्टराईलाई नियुक्त गरिएको बताएका छन् । संसद विघटन गर्नुअघि पनि ओलीले गुरुङको राजीनामा मागे पनि उनले दिन मानेका थिएनन् । संसद बैठक चालु भएपछि सचेतकको महत्वपूर्ण भूमिका हुन्छ ।

Advertisement

Advertisement

Advertisement