१२ कम्पनीको ४ करोड ४९ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत, कस्को कति ?

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा ४ करोड ४९ लाख ६९ हजार १ सय ९४.४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । विभिन्न कम्पनीहरुले शेयरधनीहरुलाई बोनस बापत प्रदान गरेको उक्त शेयर यो साता नेप्सेमा सूचीकृत भएको हो । 

यी हुन् यो साता बोनस शेयर सूचीकृत गर्ने १२ कम्पनीहरुः 

Advertisement

यसैक्रममा आइतबार सानिमा माई रिडी हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेका अनुसार सानिमा माई हाइड्रोपावर लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको २५ लाख ५३ हजार १ सय कित्ता शेयर सूचीकृत भएको छ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शेयरधनीहरुलाई दिएको ५ प्रतिशत बोनस बापतको २ लाख ७८ हजार ८ सय ३७ कित्ता शेयर पनि आइतबार नै सूचीकृत भएको नेप्सेले जनाएको छ । 

यता, सोमबार एभरेष्ट बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ५ प्रतिशत बोनस बापतको ४२ लाख ३५ हजार १ सय २.४२ कित्ता बोनस शेयर सूचीकृत भएको छ । त्यसैगरी सोमबार नै प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई दिएको ७ प्रतिशत बोनस बापतको १५ लाख ८१ हजार २ सय ५३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

त्यसैक्रममा मंगलबार आईसीएफसी फाइनान्सले शेयरधनीहरुलाई प्रदान गरेको १०.५० प्रतिशत बोनस बापत ९ लाख ७७ हजार ६ सय ३८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । त्यसैगरी स्पर्श लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको १९.५० प्रतिशत बोनस बापतको १ लाख ८२ हजार ८ सय ८.९७ कित्ता शेयर पनि मंगलबार नै सूचीकृत भएको नेप्सेले जनाएको छ । 

यता, बुधबार वोमी लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको ३० प्रतिशत बोनस बापतको ८ लाख ३३ जहार ५ सय ४४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । त्यस्तै आशा लघुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको १५ प्रतिशत बोनस बापतको ३ लाख ४८ हजार ४ सय ३२ कित्ता शेयर बुधबार नै सूचीकृत भएको नेप्सेले जनाएको छ । 

यसैबीच, विहीबार कृषि विकास बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १५ प्रतिशत बोनस बापतको १ करोड ४३ लाख ३४ हजार ६ सय ९१.०४६४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । मेगा बैंकले शेयरधनीहरुलाई दिएको १० प्रतिशत बोनस बापतको १ करोड ३३ लाख २२ हजार ६ सय ९५.४१६० कित्ता बोनस शेयर पनि विहीबार नै सूचीकृत भएको नेप्सेले जनाएको छ । त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ७ प्रतिशत बोनस बापतको ५६ लाख ८ हजार १.४७ कित्ता शेयर पनि विहीबार नै सूचीकृत भएको छ । यसैगरी आईएमई लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको २७.४७ प्रतिशत बोनस बापतको ७ लाख १३ हजार ९१.०८ शेयर विहीबार नै सूचीकृत भएको नेप्सेले जनाएको छ ।  

Advertisement

Advertisement