एनआईसी एशियाको कार्ड प्रयोग गरी सस्तोडिलमा समान किन्दा १२ प्रतिशत क्यास ब्याक

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गरी ई–कमर्श प्ल्याटफर्म सस्तोडिल मार्फत साताको अन्तिम दिन शनिबार किनमेल गरी भुक्तानी गर्दा १२ प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सकिने योजना ल्याएको छ । 

बैंकको डेबिट तथा क्रेडिट कार्डबाट ई–कमर्श भुक्तानी गर्दाको हकमा ग्राहक महानुभावहरूले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्ने प्रावधान यस योजनामा रहेको छ । बैंक र सस्तोडिलबीचको समझदारीअनुसार २०७७ फागुन १५ देखि प्रत्येक शनिबार यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले आफुलाई चाहिएको सामग्री किनमेल गरी आकर्षक मौकाको फाइदा उठाउन सक्ने छन् । 

Advertisement

यसका लागि ग्राहकहरूले सामग्री गरिद गर्न कुल रकम भुक्तानी गर्नुपर्नेछ भने त्यसको सात कार्य दिनपछि बैंकले निजले प्राप्त गर्नुभएको नगद फिर्ता रकम सम्बन्धित बैंक खातामा जम्मा गरिदिने व्यवस्था समेत गरेको छ ।

यस योजनामा यस बैंकको डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्श भुक्तानी सुविधा लिएका ग्राहक सहभागी हुन सक्ने छन् । यसका लागि ग्राहकहरूले बैंकको आइसर्भ डिजिटल सेवामा रहेको कार्ड सम्बन्धी सेवाहरूबाट आफ्नो डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्श सुचारु गरी अनलाईन भुक्तानी गर्न सक्ने छन् ।  
 

Advertisement

Advertisement