र्याफ्टिङ लागि २०२३ पछिका लागि मात्रै बुकिङ

Advertisement

काठमाडौं । र्याफ्टिङ कम्पनि प्याडल नेपालले वर्षेनीजसो विभिन्न मुलुकका विद्यार्थीलाई पोखरा र आसपासका क्षेत्रका नदीमा र्याफ्टिङ गराउँदै आएको थियो । विभिन्न मुलुकमा संचालित एडभेन्चर स्कुलका विद्यार्थी र्याफ्टिङ अनुभव लिन र सिक्नकै लागि नेपालसम्म आउँथे । विद्यार्थीको ठुलो समुह र्याफ्टिङका लागि आउँदा व्यवसायीलाई लाभ पुगेको थियो ।  

तर, कोरोना भाइरस महामारीले गर्दा एडभेन्चर स्कुल चलाउने ती मुलुकका विद्यार्थी नेपाल आउन सकेका छैनन् । कोरोनाका कारण अहिले आउन नपाएका विद्यार्थीले दुईवर्ष पछिका लागि बुकिङ गर्न थालेका छन् । व्यवसायीका अनुसार २०२३ र २०२४ का लागि मात्र र्याफ्टिङको अग्रिम बुकिङ आउने गरेको छ । विद्यार्थीको मात्र नभई व्यक्तिगत वा समुहगत आउने पाहुनाको बुकिङ पनि अहिलेका लागि छैन । बरु, दुईवर्ष पछिका लागि सोधपुछ रहेको व्यवसायीको भनाई छ ।  

Advertisement

‘जुन पायो त्यही बेला ट्रेकिङ, र्याफ्टिङ, क्यान्योनिङका गतिविधि चल्दैनन् । सिजनल गतिविधि भएकोले निश्चित समयमा मात्र आउनुपर्छ,’ उनले भने, ‘अहिले बुकिङ नगर्ने हो भने दुईवर्षका लागि तोकिएको समयमा र्याफ्टिङ गर्न नपाउने अवस्था रहनसक्छ भनेर अहिले नै बुकिङ गरेका छन् ।’ र्याफ्टिङ एशोसिएसनका निवर्तमान केन्द्रीय अध्यक्ष समेत रहेका मगरका अनुसार नेपालमा र्याफ्टिङ, क्यान्योनिङको उपयुक्त समय सेप्टेम्बर–डिसेम्बर र फेब्रुअरी–जुन हो ।  

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement