मधेसी दलको भ्रष्ट चरित्रले सिंगो मधेस बदनाम भयोः प्रभु साह

Advertisement

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ सरकारको भ्रष्ट चरित्रले सिंगै मधेसको नाम बदनाम भएको बताएका छन् ।

शनिबार पर्साको छिपहरमाई गाउँपालिकाद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका मन्त्री साहले मधेशी दल नेतृत्वको प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त भएको बताउँदै उनीहरुको कारण दुनियामा मधेसको इमेज नै खराब भएको बताए ।

Advertisement

प्रदेश २ सरकारले संघीय सरकारको जनता आवास कार्यक्रम मार्फ़त गरिब दलितको आवासको लागि बर्सेनि आउने गरेको करिब डेढ अर्ब रकम दुरुपयोग भएको भन्दै मन्त्री साह आक्रोशित बने । प्रदेश सरकार गठन भएको तीन वर्ष बितिसक्दा समेत हेर्न लायक एउटा पनि काम नभएको मन्त्री साहले बताए ।

“संघीय सरकारले जनता आवास कार्यक्रममार्फत वर्षको करिब डेढ अर्व रकम पठाउने गरेको छ । तर प्रदेश सरकारले वर्षेनी उक्त रकमको दुरुपयोग गर्दै आएको छ ।” मन्त्री साहले भने, “गरिब दलितको घर बनाउनको लागि सरकारले प्रदेशमा पठाएको रकम खर्च नगरेर गरिबलाई झन दुःख दिन खोज्ने प्रदेश सरकारको हर्कत आपत्तिजनक छ ।”

राजधानी दैनिकबाट ।

Advertisement

Advertisement