‘आमनागरिक प्रताडित हुनेगरी गरिएको ताण्डव सैह्य छैन’

Advertisement

काठमाडौं । गद्दीमा नरहेका राजा ज्ञानेन्द्रले आम नागरिक प्रताडित हुनेगरी गरिएको ताण्डव सैह्य नहुने बताएका छन् । पछिल्लो बिग्रदो राजनीतिक परिस्थितिप्रति सामाजिक सञ्जालमा टिप्पणी गर्दै दल र नेताहरुको आलोचना गरेका छन् । 

राजा ज्ञानेन्द्रको भनाई छ, ‘आफैंले बनाएको संविधान अनि त्यसको मूल मर्ममा प्रहार गरी अट्टाहास गर्ने कुण्ठित मानसिकताका केही नेतागण तथा शासन प्रणालीमा हावी भएका छुद्र मानसिकता सहितका व्यक्तित्वहरू देशका शत्रु हुन्। अरूको सुविधाको लागि मातृतुल्य आफ्नो मुलुकका आम नागरिक प्रताडित हुनेगरी गरिएको ताण्डव सैह्य छैन ।’ 

Advertisement

उनको थप भनाई छ, ‘राज्यसत्ता र आम नागरिकका सम्पूर्ण जिम्मेवारी लिएका शासकहरू के गर्ने वा के नगर्ने ? भन्ने कुरामा अल्मलिँदा र संविधान निर्देशक तथ्यबाट भट्किँदा आम नागरिक प्रतिको ध्यान भङ्ग हुन गई देशको आर्थिक, सामाजिक र भौतिक विकासमा प्रत्यक्ष असर पर्न जानेहुँदा सदैव सजग रहनु अत्यावश्यक हुनजान्छ ।’

सर्वोच्च अदालतले विघटित संसदलाई पुनःस्थापित गरेपछि मुलुकको राजनीति झन बिग्रिने अवस्था देखिएको छ । दल र नेताहरु सरकार ढाल्ने र बनाउने खेलमा हदैसम्म निकृष्ट शैलीमा बोल्ने र गतिविधि गर्ने क्रम बढेको बेला राजा ज्ञानेन्द्रको प्रतिक्रिया आएको हो । 

आफैंले बनाएको संविधान अनि त्यसको मूल मर्ममा प्रहार गरी अट्टाहास गर्ने कुण्ठित मानसिकताका केही नेतागण तथा शासन प्रणालीमा हावी भएका छुद्र मानसिकता सहितका व्यक्तित्वहरू देशका शत्रु हुन्। अरूको सुविधाको लागि मातृतुल्य आफ्नो मुलुकका आम नागरिक प्रताडित हुनेगरी गरिएको ताण्डव सैह्य छैन ।

— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) February 28, 2021

राज्यसत्ता र आम नागरिकका सम्पूर्ण जिम्मेवारी लिएका शासकहरू के गर्ने वा के नगर्ने भन्ने कुरामा अल्मलिँदा र संविधान निर्देशक तथ्यबाट भट्किँदा आम नागरिक प्रतिको ध्यान भङ्ग हुन गई देशको आर्थिक, सामाजिक र भौतिक विकासमा प्रत्यक्ष असर पर्न जानेहुँदा सदैव सजग रहनु अत्यावश्यक हुनजान्छ ।

— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) February 27, 2021

Advertisement

Advertisement