एनएमबिका ग्राहकहरुलाई बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट

कठमाडौँ । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई बी एण्ड बी अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट दिने बिषयमा द्विपक्षीय समझदारी गरेको छ । 

उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीहरुलाई फार्मेसीबाट औषधी खरिद गर्दा ५ प्रतिशत  र अन्तरंग (भर्ना) मा ७ प्रतिशत छुट उपलब्ध गराउने छ ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग श्री रोशन रेग्मी र बी एण्ड बी का तर्फबाट प्रमुख प्रशासक श्री प्रकाश भट्टराईले हस्ताक्षर गरेका छन् । र्नुभयो ।  

एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।