कुमारी बैंकका ग्राहकलाई केजीएच ग्रूपका होटेल, यात्रा एजेन्ट र संग्रहालय सेवाहरुमा १० प्रतिशतसम्म छुट

Advertisement

काठमाडौँ । कुमारी बैंक र केजिएच ग्रूपबीच होटलका विशेष सेवाहरुमा डेबिट क्रेडिट कार्ड वाहकहरुलाई विशेष छुटको प्रावधान सम्बन्धी सम्झौता भएको छ । 

जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई क्रियाशील राख्ने लगायत शारीरिक स्फूर्ति एवम् मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागी विश्राम अत्यावश्यक रहेको छ । सोही कुरालाई मध्यनजर गर्दै बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत केजिएच ग्रूप अन्तर्गतका होटेल, यात्रा एजेन्ट र संग्रहालय सेवाहरुमा आकर्षक छुटको प्रावधान मिलाएको छ ।

Advertisement

बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त ग्रुप अन्तर्गतका होटेल रेस्टुरेन्टहरुमा खानपानमा, स्पा सुविधाहरुमा  र संग्रहालय शुल्कमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ । 

Advertisement

Advertisement