बीमा क्षेत्रका लागि फागुन २३ गतेबाट कोरोना भ्याक्सिन

Advertisement

काठमाडौं । यसअघि बैंक वित्तीय संस्थाका कर्मचारीहरुलाई कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप (भ्याक्सिन) लगाउँदा आफूहरुलाई छुटाइएपछि रुष्ट रहँदै आएका बीमा क्षेत्रका कर्मचारीहरुले फागुन २३ गतेबाट पनि उक्त खोप लगाउन पाउने भएका छन् । 

बैंक वित्तीय संस्थाका कर्मचारीहरुलाई खोप लगाउँदा आफूहरुलाई सँगै नराखिएपछि बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र कर्मचारीहरुले गुनासो गर्दै आएका छन् । एक बीमा कम्पनीका सीईओले भने,  ‘अत्यावश्यक सेवा भन्ने, व्यवहार भने विभेदपूर्ण गर्ने रु पहिला लकडाउनको बेला पास वितरण पनि बैंक र हामीलाई त्यस्तै विभेद गरियो । अहिले खोपमा पनि विभेद गरियो ।’

Advertisement

बीमा समितिका प्रवन्ध निर्देशक राजुरमण पौडेलले आफूहरुले पहल गरेर २३ गतेबाट बीमामा कार्यरतहरुलाई खोप लगाउने व्यवस्था मिलाएको बताए । उनले बीमा क्षेत्रमा कार्यरतहरुले आफ्नो पास देखिएर तोकिएका स्वास्थ्य संस्थाहरुमा गएर खोप लगाउन सक्ने बताउँदै उनीहरुको सहजताका लागि  बीमा समिति परिसरमै पनि खोप लगाउने सुविधा लागि पहल भइरहेको बताए । 

Advertisement

Advertisement