संसदीय दलको नेताबाट आफूलाई हटाउन ओलीको प्रचण्ड–माधव समूहलाई चुनौति

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आफूलाई संसदीय दलको नेताबाट हटाएर देखाउन पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई चुनौति दिएका छन् । 

गण्डकी प्रदेशमा आफूनिकट कार्यकर्ताको कार्यक्रममा सोमबार उनले नेकपाको संसदीय दलको नेता विधिवत् रूपमा फेर्न प्रचण्ड–माधव समूहलाई चुनौती दिएका हुन । ओलीले आफू संसदीय दलमा पराजित भए प्रतिपक्षमा बस्ने नत्र नबस्ने संकेत दिँदै संसदीय दलमा आफ्नो पडक रहेको जिकिर गरे । 

Advertisement

प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोलाइदिने बताउँदै त्यसबाट आफूलाई हटाएर देखाउन आग्रह गरे । आफूले बोलाएको बैठकमा आएर संसदीय दलको नेता परिवर्तन गर्न उनको सुझाव छ । 

ओलीले भने, ‘अध्यक्षले बोलाएको बैठकमा आउनुपर्यो, महासचिवले बोलाएको बैठकमा आउनुपर्यो, दलको नेताले बोलाएको बैठकमा आएनुपर्यो । तपाईंहरू दलको नेता विधिवत फेर्नुस्, बैठक बोलाइदिन्छु ।’ यदि संसदीय दलको नेता फेरिए अर्को चुनावसम्म डेढ बर्षका लागि आफू प्रतिपक्षमा बस्न तयार रहेको ओलीको भनाई छ । 

उनले भने, ‘विधि, पद्धति, संसदीय अभ्यास, संविधान, कानुन, नियमावली छ । उहाँहरू अपराधै गर्न सफल हुनुभयो भने पनि हामी मान्छौं । मानेर केही बिग्रिँदैन, डेढ वर्ष प्रतिपक्षमा बसौंला, डेढ वर्षपछि दुई तिहाई लिएर जाउँला ।’ तर, विधि र पद्दति बाहिर गएर आफूलाई हटाउन नसक्ने ओलीले बताए । प्रचण्ड–माधव समूहले दाबी गरेको बहुमत कहाँ पुष्टि भयो ? भन्दै उनले माइतीघरमा बसेर बहुमत पुष्टि नहुने  बताए । 

Advertisement

Advertisement