हेमराज पहारी स्मृति पुरस्कार मकवानपुरको झरनालाई समर्पण

Advertisement

हेटौंँडा । गण्डकी प्रदेशको कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित हेमराज पहारी स्मृति प्रतिष्ठानले मकवानपुरको झरना साहित्यिक परिवारलाई सम्मान गरेको छ । सबै क्षेत्र, उमेर र विधाका स्रष्टालाई साझा छहारी प्रदान गरेर नेपाली बाङ्मयको समग्र पक्षलाई सवल र सक्षम बनाउने काममा सेतुको भूमिका निर्वाह गरेको भन्दै झारनालाई एक लाख राशीको हेमराज पहारी स्मृति पुरस्कार प्रदान गरेको हो ।

प्रतिष्ठानले झरना साहित्यिक परिवारलाई मकवानपुर जिल्लाको हेटौंडामा सोमबार एक समारोहका बीच बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलमार्फत पुरस्कार हस्तान्तरण गरेको छ । झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतम, संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीलगायत झरना साहित्यिक परिवारका पदाधिकारीलाई प्रशंसापत्रसहित पुरस्कार रकम हस्तान्तरण गरिएको छ । हेमराज पहारीको स्मृतिमा स्थापित पुरस्कार हेमराज पहारीको स्मृति दिवसको दिन प्रदान गरिएको हो ।

Advertisement

पुरस्कार हस्तान्तरणपछि मुख्यमन्त्री डोरमणि पौडेलले झरनाले गरेका काम प्रशांसनीय रहेको र अझै सवल रुपमा अगाडि बढ्न आग्रह गरे । मकवानपुर जिल्लामा पठन संस्कृतिको विकास गर्न, साहित्यमा नयाँ पुस्तालाई प्रोत्साहन गर्नुपर्ने मुख्यमन्त्री पौडेलले बताए । हेमराज पहारी स्मृति प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा साझा प्रकाशनका महाप्रबन्धक होम गौतम लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement