राष्ट्र बैंकका डेपुटी गभर्नर शिवाकोटी र श्रेष्ठको अवकाश, अब कस्ले मार्ला बाजी ?

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरु चिन्तामणी शिवाकोटी र शिबराज श्रेष्ठले आजबाट अवकाश पाएका छन् । पाँच बर्षेर्से कार्यकाल पूरा गरी शिवाकोटी र श्रेष्ठ राष्ट्र बैंकबाट बाहिरिएका हुन् । शिवाकोटी प्रधान सहायक (नासु स्तर)मा २०४४ सालमा राष्ट्र बैंक छिरेका थिए भने श्रेष्ठ भने २०४६ सालमा  सहायक निर्देशकका रूपमा राष्ट्र बैंक छिरेका हुन् । 

दुई डेपुटीले अवकाश पाएसँगै नयाँ डेपुटी गभर्नरको दौड तीब्र भएको छ । राष्ट्र बैंकका १७ जना कार्यकारी निर्देशकहरु मध्ये २ जना नयाँ डेपुटी गभर्नर हुने छन् । 

Advertisement

अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार समेत रहेका राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठसहित कार्यकारी निर्देशकहरु देवकुमार ढकाल, निलम ढुंगाना तिम्सिना, डा. गुणाकर भट्ट, बमबहादुर मिश्र, भुवन कँडेल, मुकुन्दकुमार क्षेत्री, नरेश शाक्य, रेवती नेपाल, रामु पौडेल, सुमनकुमार अधिकारी, पिताम्बर भण्डारी, ऋषिकेश भट्ट, प्रदीपराज पौडेल, विश्रुत थापा, रामबहादुर मानन्धर र डा. नेफिल मताङ्गी मास्के डेपुटी गभर्नर हुन दौडधुपमा लागेका छन् । 

Advertisement

Advertisement