चिनी उद्योगलाई नेपाली किसानले दिएनन् उखु, भारतीय उखु आयात गर्दै उद्योगी

Advertisement

सर्लाही । दक्षिणी  क्षेत्रमा पर्ने महालक्ष्मी चिनी उद्योग गोडैताले भारतबाट उखु मगाएर क्रसिङ गरिरहेको छ । नेपाली किसानले उखु नदिएपछि उद्योगले आफ्ना दलालहरुमार्फत तुरुन्त पैसा तिरेर अवैध किसिमले भारतबाट उखु ल्याएर क्रसिङ गरेको हो ।     

नेपाली किसानको उखुको भुक्तानी गर्न कुनै चासो नदेखाएको उद्योगले छिमेकी देश भारतबाट उखु मगाएर क्रसिङ गरिरहेको भन्दै किसानले गुनासो गरेका छन् ।  नेपाली किसानको भुक्तानी नदिने तर भारतबाट आयात गर्ने त्यस्ता उद्योग र उद्योगीहरुलाई कारवाही गरिनुपर्ने आवाज किसानले उठाउन थालेका छन् । 

Advertisement

उद्योगका प्रशासकीय प्रबन्धक वीरेन्द्रकुमार श्रीवास्तवले उखु किसानको भुक्तानी नियमित बनाउने बताए । उनले नेपाली उखु कम भएपछि भारतबाट ल्याएर उद्योग सञ्चालन गरेको बताए । पछिल्लो समय केही उद्योगहरुले किसानको भुक्तानी समयमै नगरेका कारण जिल्लाका किसानको उखु खेतीप्रतिको आकर्षण घटेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । 

भारतीय उखु नेपालीभन्दा सस्तो मूल्यमा पाइने भएकाले उद्योगले स्थानीय किसानले उत्पादन गरेको उखुप्रति बेवास्ता गरेको गोडैताका एक उखु किसानको भनाइ छ । उद्योगले जतासुकैबाट उखु ल्याए पनि पहिलो प्राथमिकता स्थानीय किसानलाई दिनुपर्ने नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए । पहिला स्थानीय स्रोतसाधनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

    

Advertisement

Advertisement