न्युनतम शुल्कमा क्वालिटीको शिक्षा दिइरहेका छौँः एसएस कलेजका प्रमुख दवाडी

Advertisement

काठमाडौं । अहिले काठमाडौं उपत्यका भित्र हजारौं स्कूल तथा कलेजहरु छन् । ७७ वटै जिल्लाबाट उच्च शिक्षा अध्यनको लागि काठमाडौं आउने बिद्यार्थीको संख्यापनि उच्च छ । यसरी काठमाडौंमा उच्च शिक्षा अध्ययनका लागि बाहिरबाट आउने बिद्यार्थीहरु मध्यम वर्गका हुन्छन् । न्युनतम शुल्क तिरेर निजी स्कुलनै रोज्ने बिद्यार्थीको संख्या पनि धेरै नै रहेको पाइन्छ । यसकारण कति बिद्यार्थीलाई कुन कलेज छान्ने भन्ने बिषयमा अन्यौलता सिर्जना भइरहेको हुन्छ । यिनै कुरामा आधारित रहेर बालाजु स्थित रहेको एसएस कलेजका प्रमुख मदन दवाडीसंग कर्पोरेटकर्मी सुमित्रा कार्कीले गरेको कुराकानीः

एसएस कलेज कसरी स्थापित भयो प्रस्ट पारिदिनुहोस् न ? 
स्वातिक सदन माध्यमिक बिद्यालय (एसएस कलेज) २०५३ सालमा स्थापना भएको हो । ५३  सालदेखि प्राथामिक तह, निम्न माध्यमिक तह हुँदै ६३ सालमा माध्यमिक तहसम्म आईपुग्यो । ६३ सालपछि हामीले राष्ट्रिय परीक्षा वोर्डबाट स्वीकृति पाएर कक्षा १२ सम्मको अध्यापन गराउन थाल्यौं । त्यसबेला हामीले ११ र १२ मा मानविकी, बिज्ञान, व्यवस्थापन र शिक्षाशास्त्र अध्यापन गराउन थाल्यौं । हामीले २०६७ सालमा त्रिभुवन विश्व विद्यालयबाट वाणिज्य शास्त्रमा-स्नातक तह (बीबीएस)को अध्यापनको लागि अनुमनि प्राप्त गरेर अहिलेसम्म सञ्चालनमा छौं । हाम्रोमा अहिले नर्सरीदेखि स्नातकतसम्मको पढाई सञ्चालन भइरहेको छ ।

Advertisement

ब्याचलर लेभलमा बीबीएसमात्र रोज्नुको कारण ? 
हाम्रो कलेजमा म्यानेजमेन्टका बिद्यार्थीहरु धेरै छन् । जसको कारण हामीले अहिलेसम्म ब्याजलर लेभलमा बीबीएसका बिद्यार्थीमात्र पढाइरहेका छौं । हाम्रोमा ११ र १२ मा पढ्ने एउटा सेक्सनमात्र बिज्ञानका बिद्यार्थीहरु रहेका छन् । यस्तै, दुईवटा सेक्सनमा मानबिकी संकायमा बिद्यार्थीहरु छन् । अहिले नै हामीलाई अन्य संकायको कक्षाहरु सञ्चालको लागि भवनको अभााव छ । जस्ले गर्दा हामीसँग एउटामात्र संकायका बिद्यार्थीहरु रहेका छन् । बिस्तारै अन्य बिषयको पनि कक्षाहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौं । अहिले भवन बनाउने तयारी छौं । त्यसपछि हाम्रो कजेजमा बीएसडव्लू र बीबीए जस्ता बिषयको तयारी गर्नेछौँ ।  

एसएस कजेजमा कुन भेगबाट आएका बिद्यार्थीको बढी बाहुल्यता छ ? 
हाम्रो कलेज नयाँ बसपार्क नजिक भएको कारण सबै ठाउँका बिद्यार्थी छन् । तर, यस क्षेत्रमा नुवाकोटका बासिन्दाहरु धेरै बस्ने भएको कारण त्यही भेगका बिधार्थीको संख्या चाँहि धेरै नै छ । हाम्रो स्कुल तथा कलेजमा लगभग ६० प्रतिशत बिधार्थी नुवाकोटका छन् । १० प्रतिशत काठमाडौंका मध्य भेगका छन् । अन्य बिधार्थी बिभिन्न क्षेत्रबाट आएका छन् ।  

कलेज तथा स्कुलका विशेषताहरु के-के छन् ? 
हाम्रो स्कुल तथा कलेजको विशेषता भनेको नै बिद्यार्थी मैत्री बातावरण हो । एसएस कलेज सबैभन्दा उत्कृष्ट कजेल, यो ग्रेडको कलेज भनेर अहिलेसम्म कसैले सर्टिफिकेट नै ल्याएर दिएका छैनन् । तर पनि हाम्रो कजेलमा वा स्कुलमा पढ्ने बिधार्थी सन्तुष्ट छन् र उनीहरुले नै नयाँँ बिद्यार्थीहरुलाई यहाँ आउनको लागि रिफर गरिरहेका हुन्छन् । हामीले दिने शिक्षाको गुणस्तर नै हाम्रो मूख्य बिशेषता हो । हाम्रोमा क्वालिटी उच्च स्तरको भए पनि हामीले लिन स्कुल फि र कलेज फि मध्यम वर्गका बिद्यार्थीलाई मान्य हुने खालको छ ।  हामीले शिक्षक चयन गर्दा पनि उहाँलाई दैनिक नयाँ लेसन प्लान बनाएर एक हप्तासम्म पढाउन लगाएर त्यो लेसन प्लान बिद्यार्थी तथा शिक्षकबाट स्वीकार्य भइसके पछिमात्र शिक्षक छनोट गर्ने गरेका छौं । हरेक शिक्षकले बर्षभरिको लेसन प्लान बनाएर अध्यानि गराइरहेका छन् । यो कलेज बिस्तारै प्रबिधि मैत्री पनि बन्दै गइरहेको छ । 

कोरोना महामारीको बीचमा कसरी कक्षा सञ्चालन गर्नु भयो ?
कोरोना महामारीको बेलामा हामीले विद्यार्थीलाई फुलफेजमा अनलाइन कक्षासञ्चालन गरेका थियौं । यस क्षेत्रको नै सबै भन्दा प्रभावकारी अनलाईन कक्षा दिने हाम्रो स्कुल रहेको कुरा अहिले पनि अभिभावकहरुले भनिरहनु भएको छ । हाम्रो कलेजको एउटा बेदगुरु भन्ने एप्लिकेशन सञ्चालनमा छ, त्यसको माध्यमबाट पनि हामीले कक्षा संचालन गरेका थियौं । 

तपाईहरुको कलेज र स्कुल पढेर गएका बिद्यार्थी अहिले कुन पदसम्म पुग्न सफल भएका छन् ?
बिज्ञानबाट गएका बिद्यार्थी डाक्टर इञ्जीनियर लेबलमा पुगेका छन् । बैंकिङ क्षेत्रमा पनि हाम्रो कलेजको बिद्यार्थीहरु धेरै छन् । यसकारण यो कलेजबाट पास आउट भएर गएका बिद्यार्थीहरु पनि सन्तुष्ट नै छन् जस्तो लाग्छ मलाई । 

भिडियो अन्तरवार्ताका लागि तलको लिंकमा क्लिक गर्नुहोलाः

https://www.youtube.com/watch?v=U4esenAWGN0

Advertisement

Advertisement