शेयर बजारमा पहिरो: साल्ट ट्रेडिङ र चन्द्रागिरिको मूल्य धेरै बढ्यो, एशियन लाइफको उच्च कारोबार

Advertisement

काठमाडौँ । शेयर बजारमा आज फेरि पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार ५९.७० अंकले घटेको हो । २.३७ प्रतिशतले बजार बजार घट्दा नेप्से परिसूचक २४५५.३३ अंकमा झरेको छ । 

साताको पहिलो दिन ७९.७४ अंकले घटेको बजार हिजो दोश्रो दिन ४०.६४ अंकले बढे पनि आज फेरि पहिरो गएको हो । आज २०८ कम्पनीका १ करोड ३१ लाख ६ हजार ७ सय ३८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६ सय ६९ रुपियाँ बराबरको कारोबार भएको छ । 

Advertisement

बजारमा पहिरो गएको दिन पनि आज ट्रेडिङ र होटल्स एण्ड टुरिजम समूहमा हरियाली छाएको छ । ट्रेडिङ समूह २७८.४९ अंक र होटल्स समूह १६.८६ अंकले बढेको हो । आज सबैभन्दा बढी जीवन बीमा समूह ५१९.६७ अंक र निर्जीवन बीमा समूह ३४३.५७ अंकले घटेका हुन् । 

आज सबैभन्दा बढी साल्ट ट्रेडिङ कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशत, चन्द्रागिरि हिल्सको शेयर मूल्य ९.८९ प्रतिशतले र हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य ८.८९ प्रतिशतले बढेको छ । यसैगरी सबैभन्दा बढी नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका शेयरधनीहरुले ७.३१ प्रतिशतले घाटा व्यहोरेका छन् । 

नेप्सेका अनुसार आज एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको उच्च कारोबार भएको छ । एशियन लाइफको २८ करोड २६ लाख ९४ हजार १ सय ७६ रुपियाँ बराबरको शेयर किनबेच भएको हो । त्यसैगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को २५ करोड ८० लाख ७१ हजार २ सय ९५ रुपियाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement