७२ लाख ६१ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत, कुन बैंकको कति ?

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा ७२ लाख ६१ हजार ५ सय ९९.६५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । एक वाणिज्य बैंक र एक विकास बैंकको उक्त बोनस शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 

यसैक्रममा नेपाल एसबीआई बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ६ प्रतिशत बोनस बापतको ५३ लाख ७३ हजार ७ सय २३.३३ कित्ता शेयर सूचीकृत भएको हो । 

Advertisement

त्यसैगरी आजै तिनाउ मिसन डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ६ प्रतिशत बोनस बापतको १० लाख ८७ हजार ८ सय ७६.३२ कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement