मोलुङ्ग हाइड्रोपावरले ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

Advertisement

काठमाडौँ । मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ लाख ३१ हजार कित्ता साधारण शेयर(आईपीओ) निष्काशनका लागि सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

मोलुङ्ग हाइड्रोपावर कम्पनी (आयोजना स्थल ओखलढुङ्गा) को सर्वसाधारणका लागि निष्काशन गरिने रु. १००/- अकिंत दरको साधारण शेयर(आईपीओ) ३५,३१,००० (आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाका वासिन्दाहरुलाई छुट्टयाईएको ८,०२,५०० कित्ता शेयर समेत) कित्ता निष्काशन गर्न लागेको हो ।

Advertisement

साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट प्रबन्ध सञ्चालक अमृतकुमार महर्जन तथा सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले एक समारोहका बीच हस्ताक्षर गरेका हुन् । 

मोलुङ्ग हाइड्रोपावरको ७ मेगावाट क्षमताको मोलुङ्ग खोला जलविद्युत आयोजनाबाट २०७४ चैत १२ गतेबाट ब्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको छ । २०७७ माघ २५ गते सम्पन्न कम्पनीको ११औँ बार्षिक साधारणसभाबाट कम्पनीको अधिकृत पूँजी बृद्धि गरी एक अर्ब र जारी पूँजी बृद्धि गरी ८० करोड पच्चीस लाख कायम गर्ने निर्णय गरियो । 

उक्त निर्णय पश्चात शेयर संरचना अन्तर्गत जारी पूँजीमा ५६% अर्थात ४४,९४,०००  कित्ता संस्थापक शेयर र ४४% अर्थात ३५,३१,००० कित्ता सर्वसाधारण शेयरको सार्वजनिक निष्काशनबाट पूँजी कायम गर्ने कम्पनीले जनाएको छ । 

.
 

Advertisement

Advertisement