पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

Advertisement

काठमाडौँ । झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं ०६ स्थित पुर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकले  आजदेखि एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले एक समारोहका बीच एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका हुन् ।  

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बैंकले विर्तामोड नगरपालिकाको पुर्वाञ्चल क्यान्सर अस्पतालमा पनि सेवा विस्तार गर्न सफल भएको छ । 

Advertisement

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित पुर्वाञ्चल क्यान्सर अस्पतालमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र अस्पतालको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

Advertisement

Advertisement