गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका ट्याक्सीहरुमा सनराइज बैंकको क्युआर सेवा

Advertisement

काठमाडौँ । सनराइज बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित ट्याक्सीमा क्यूआर कोडबाट भुक्तानी कार्यको सुरुवात गरेको छ । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयाल, बैंकका लुम्बिनी प्रदेशका प्रमुख सुनिल मण्डल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रबेश अधिकारी तथा ट्याक्सी ब्यवसायी संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
  
बैंकले प्रदान गरेको क्युआर कोड प्रणालीलाई शुभारम्भ गर्दै निर्देशक फुयालले नेपालमा डिजिटल भूक्तानी प्रणालीलाई सरल, सजिलो र सर्वसाधारणको पहुंचसम्म पुर्याउन नेपाल राष्ट्र बैंकले अभियान शुरु गरेको र यसको लागि बैंक वित्तीय संस्थाहरुले अग्रसरता देखाएको हुँदा सबैले सहयोग गर्नु पर्ने बताए । डिजिटलबाट भुक्तानी गर्दा सुरक्षित तथा सजिलो हुने हुँदा यो प्रणाली सबैलाई फाइदाजनक रहेको उनको भनाई थियो ।

सोही कार्यक्रममा सन्राइज बैंकका लुम्बिनी प्रदेशका प्रमुख मण्डलले डिजिटल भुक्तानी प्रणालीमा सन्राइज बैंकले सबै क्षेत्रका स-साना तरकारी पसल, फलफुल पसल, किराना पसलहरु देखि लोकल बसहरुसम्म पनि क्युआरकोड लागु गर्दै यस क्षेत्रमा नगद रहित कारोबारलाई बढाउँदै लगिरहेको बताए । 

Advertisement

साथै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख अधिकारीले अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउनुहुने व्यक्तिहरुले ट्याक्सी सेवादेखि  विमानस्थलमा हुने अन्य स–साना कारोबारमा समेत डिजिटल बैंकिङ मार्फत सुरक्षित कारोबार गर्न सक्ने बताए ।  

Advertisement

Advertisement