नेपाली खानाका परिकार विश्वभर प्रवद्र्धन गर्दै सन्तोष साह

Advertisement

काठमाडौं । बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज–२०२० का उपविजेता हुन्, नेपाली सेफ सन्तोष साह । एक सय एक प्रतियोगीलाई उछिन्दै नेपाली खाना प्रस्तुत गरेर उपविजेता बनेका उनी अहिले स्वदेशी खाना प्रवद्र्धनका लागि बेलायतबाट नेपाल आएका छन् ।

मंगलबार नेपाल पर्यटन बोर्डको सम्मान कार्यक्रममा सहभागी साहले नेपाली खानाको परिकार विश्वभरि प्रवद्र्धन गर्न विश्व खाना नक्सा (वल्ड फूड म्याप) र बेलायतमा नेपाली खानाका परिकार मात्र पाउने रेस्टुराँ सञ्चालन गर्ने घोषणा गरे । 

Advertisement

“नेपाली खाना प्रवद्र्धन गर्न पाँच नेपाली खानासहितको वल्ड फूड म्याप बनाउँदैछौं, चाँडै रेस्टुराँसमेत सञ्चालन गर्न लागेको छु, यसले नेपाली खानाको प्रचारप्रसारमा ठूलो सहयोग पुग्छ,” उनले भने ।

नेपाली खानाको परिकारमा विविधता रहेकाले नेपाली खानालाई विश्वभर प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ थियो । “नेपाल कृषि प्रधानसहित पर्यटनको अपार सम्भावना भएकाले गर्दा नेपाली खानालाई व्यवसायीकरण गर्न सकिन्छ, कोदो, ढिँडो, गुन्द्रुक, भटमासलगायतका नेपाली खाना धेरै मन पराउँछन्,” उनले भने, “यी खानाले पर्यटकलाई स्वागत गर्न सकेमा नेपाली खानाको विश्वभर पहिचान बन्छ ।” 

कारोबार दैनिकबाट ।

Advertisement

Advertisement