सुनको मूल्य पाँच सय रुपियाँले बढ्यो

Advertisement

काठमाडौं । मंगलबार तोलामा १७ सय रुपियाँले घटेको सुनको मूल्य बुधबार फेरी बढेको छ । बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ८७ हजार पाँच सय रुपियाँ काय भएको छ । मंगलबार यसको मूल्य ८७ हजार रुपियाँ थियो । 

यता तेजावी सुनको मूल्य पनि प्रतितोला पाँच सय रुपियाँले नै बढेर ८७ हजार ५० रुपियाँ कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला ८६ हजार पाँच सय ५० रुपियाँ थियो । 

Advertisement

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपियाँले बढेर एक हजार ३१५ रुपियाँ कायम भएको छ । अघिल्लो दिन यसको मूल्य एक हजार २९० रुपियाँ थियो । 

Advertisement

Advertisement