चन्द्रमाको यात्रामा जान ईच्छुक आठजनाको खोजी गर्दै जापानी अर्बपति

Advertisement

काठमाडौं । जापानका एक अर्बपति युसाका माएजावाले आफूसँग चन्द्रमाको यात्रा गर्नका लागि विश्वभरीबाट आठ जना सर्वसाधारणलाई आमन्त्रण गरेका छन्। उक्त यात्रा इलोन मस्कको स्पेसएक्स रकेटमा हुनेछ।

‘म चाहन्छु यसमा विभिन्न पृष्ठभूमिका मानिस जोडिउन्’ ,उनले ट्वीटरमा राखिएको भिडिओमा भनेका छन् । उनले त्यसकालागि त्यहाँ आवेदन भर्ने विवरणहरू पनि राखेका छन् ।

Advertisement

उनले पूरै यात्राकोलागि आवश्यक खर्च आफूले गर्ने र अन्य सहभागीको यात्रा निस्शुल्क हुने पनि बताएका छन् । डियरमून नामक अन्तरिक्ष मिसन सन् २०२३ मा उड्ने तय गरिएको छ।

बीबीसी न्यूज 

Advertisement

Advertisement