महालक्ष्मीका शाखार-उपशाखा प्रमुखाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धि तालिम

Advertisement

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरुलाई सम्पत्ती शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ । 

आज काठमाडौँको लेण्डमार्क होटलमा आयोजित तालिम कार्यक्रममा प्रदेश नम्बर ३ का सम्पुर्ण शाखा/उपशाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । कर्मचारीहरुलाई वरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले गैर कानूनी रुपमा आर्जित रकम कसरी बैंक र बीमाको माध्यमले शुद्धिकरण गरिन्छ, अपराधिक र आतंकवादी क्रियाकलापबाट आर्जित रकमको पहिचान कसरी गर्ने र शंकास्पद कारोबारको रिपोर्टिङ तरिका बारेमा तालिम दिएकी हुन् । तालिममा ३ नम्बर प्रदेशका १५ जना प्रमुखहरुको सहभागिता रहेको थियो। 

Advertisement

दोस्रो चरणको तालिममा बीमा प्रोडक्ट र यस्को बिक्रिका क्षेत्रहरु, प्रभावकारी अण्डरराईटिङका तरिकाहरु र ग्रामिण क्षेत्र सम्म पुग्ने बजार रणनीतिका बारेमा तालिम दिइएको छ ।  नायव प्रमुख कार्यकारी अधिकृत द्वय कमल पन्थी र रामेश्वर श्रेष्ठ, मार्केटिङ विभाग प्रमुख प्रशान्तराज धमला र अण्डरपराईटिङ विभाग प्रमुख प्रभाकर न्यौपानेले तालिम दिएका हुन् । 

कम्पनीले २०७८ असार मसान्त भित्र सातै प्रदेशका कर्यालय प्रमुख र कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धि पूनर्ताजगी तालिम दिने कार्यक्रम बनाएको छ । त्यसैगरी यो तालिम क्रमशः अभिकर्ताहरुलाई पनि प्रदान गरी जीवन बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरणलाई न्यूनिकरण गर्ने उद्देश्य राखिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेशकुमार भट्टराईले बताए । 


 

Advertisement

Advertisement