प्रधानमन्त्री पदले काँग्रेसको ढोका ढकढक्याएको छ, हामी झ्यालबाट हेर्दैछौंः शर्मा

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नयाँ सरकारको नेतृत्व लिन अग्रसर हुने संकेत गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा दुई समूहमा विभाजित भएको अवस्थामा कांग्रेस नयाँ सरकारको नेतृत्वका लागि सकारात्मक देखिएको हो ।  

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार र्भको पार्टी पदाधिकारी, पूर्वपदाधिकारीसहितका नेताहरूको बैठकमा नयाँ सरकार गठनका विषयमा छलफल सुरु भएको छ । राजनीतिक रूपमा दुई समूहमा विभाजन भए पनि कानुनी रूपमा अझै एउटै रहेको नेकपाका दुवै समूहले सरकारको नेतृत्व गर्न कांग्रेसलाई प्रस्ताव गरेका छन् ।  

Advertisement

पदाधिकारी बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढक्याएको बताउँदै प्रधानमन्त्री बन्न आएको प्रस्तावमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए । ‘फागुन २३ गते संसद् बैठक बस्न लागेको अवस्थामा नेकपाका दुवै पक्ष र सञ्चार माध्यमहरूसहित देश तथा विदेशमा रहनुभएका सबैले कांग्रेसतर्फ हेरिरहनुभएको छ,’ प्रवक्ता शर्माले भने, ‘प्रधानमन्त्री पदले ढोका ढकढक्याएको छ तर कांग्रेसले ढोका खोलेर ग्रहण गरिसकेको छैन । हामीले संयमतापूर्वक झ्यालबाट हेरिरहेका छौं ।’

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement