‘हेभी ल्यान्डिङ’ गराउँदा बिग्रिएको ल्यान्डिङ गियर किन्न डेढ अर्ब खर्च लाग्ने

Advertisement

काठमाडौं । गत २४ पुस (८ जनवरी)मा नेपाल एयरलाइन्सको जहाज ‘हेभी ल्यान्डिङ’ गराउँदा दुईवटा ल्यान्डिङ गियरमा गम्भीर समस्या आएको पत्र जहाज निर्माता कम्पनी एयरबसले नेपाल वायुसेवा निगमलाई पठाएको छ । पत्रमा जहाजका मुख्य दुईवटा ल्यान्डिङ गियरमा समस्या देखिएकाले तत्काल मर्मत गर्न वा नयाँ परिवर्तन गर्न आग्रह गरिएको छ । ल्यान्डिङ गेयर जहाजको पांग्रादेखि इन्जिनसम्मको भाग हो । गत २६ फेब्रुअरीमा निगमलाई एयरबस कम्पनीले पत्र लेख्दै मर्मत वा प्रतिस्थापन गर्नुको विकल्प नभएको जनाएको थियो । पत्रमा भनिएको छ– ‘हेभी ल्यान्डिङ’ भएपछि पटक–पटक उडान–अवतरण हुँदा जहाजको पछाडिका दुईवटा ल्यान्डिङ गियर प्रतिस्थापन गर्नुपर्ने देखिन्छ ।’ 

निगम उच्च स्रोतले दिएको जानकारीअनुसार एयरबसको ल्यान्डिङ गेयरमा रहेका सयौँ पार्टस्हरू हल्लिएका र प्रतिस्थापन गर्नुपर्ने निगम व्यवस्थापनलाई इमेलमार्फत जानकारी गराएको छ । सो इमेलमा एयरबसले केही दिनमै प्रतिस्थापन गर्नुपर्ने पार्टस्हरूको सूची पठाउने जानकारी गराएको छ । एयरबसका इन्जिनियरले उडान गर्न अनुमति नदिएपछि भारतबाट भाडामा प्रतिघन्टा १ लाख डलर खर्चेर ल्यान्डिङ गियर ल्याउने तयारी गरिएको छ । नयाँ किन्नुपरेमा निगमको डेढ अर्ब खर्च हुन्छ । 

Advertisement

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement