पोखराको तालबाराही मन्दिरमा प्रभु बैंकको क्यूआर कोड सेवा

Advertisement

काठमाडौँ । प्रभु बैंकले पोखरास्थित तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाई डिजिटल प्रविधि मार्फत व्यवस्थापन गर्ने हेतुले क्यूआर कोड हस्तान्तरण गरिएको छ । 

फेवातालको बीचमा रहेको बाराही मन्दिरमा आज बिहान एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले क्यूआर कोड हस्तान्तर गरेका हुन् ।  

Advertisement

यो सुविधासंगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाईल बैंकिङ एप्लिकेसन मार्फत सजिलै दान गर्न सक्नेछन् । नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगद रहित कारोवारलाई बढावा दिने उद्देश्यका साथ उक्त सेवाको सुरुवात गरिएको बैंकले जनाएको छ ।  

Advertisement

Advertisement