विप्लवले जनमतमा जानुपर्ने कुरा उठाए, तर केका लागि ? खुलाएनन्

Advertisement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनमतबाट राजनीतिक संकटको समाधान खोज्नुपर्ने संकेत गरेका छन् । 

शुक्रबार सरकारसँग सम्झौताका क्रममा उनले  सबै राजनीतिक शक्तिलाई जनताको बीचमा जाने गरी नयाँ प्रस्ताव अघि सार्दै जनमतको कुरा उठाएका हुन् । यद्यपि उनले आफूले उठाएको जनमतको कुरा आमनिर्वाचनका लागि हो वा हालको राजनीतिक विवादका विषयहरु निरुपणका लागि जनमत संग्रहको लागि हो ? स्पष्टसँग खुलाएनन् । 

Advertisement

कार्यक्रममा विप्लवले भने, ‘जनमतबाट फैसला गर्ने अधिकार जनतालाई दिनुपर्छ ।’ आफूहरु शान्ति सम्झौताको पालनामा दृढ भएको भन्दै उनले भने, ‘तीनबुँदेमा हामी प्रतिवद्ध छौं, पालना गर्छौं । आशंका वा कुतर्क गर्न जरुरी छैन ।’ कार्यक्रममा विल्पव निकै तनाव तथा दबाबमा देखिन्थे । 

Advertisement

Advertisement