विप्लवले नेपाली जनताको मत जित्नुभयोः ओली, ‘कसैलाई प्रधानमन्त्री प्रस्ताव गरेका छैनौं’

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले शान्तिपूर्ण राजनीतिमा आएर नेपाली जनताको मत जितेको बताएका छन् । 

शुक्रबार विप्लव समूहसँग सहमति गर्ने कार्यक्रममा ओलीले सहमतिमा आएर विप्लवले सेफ ल्यान्डिङ गरेको भन्दै भने, ‘उहाँले एउटा कदबाट नेपाली जनताको मन धेरै जित्नु भएको छ । यो साहसिक कदम हो ।’ विप्लवको यो फोर्स ल्याण्डिङ वा क्र्यास ल्याण्डिङ नभई सेफ ल्याण्डिङ हो भन्दै ओलीले एउटा कार्यदिशा समाइरहेको कार्यकर्तालाई अर्को कार्यदिशामा मोड्न नेतृत्वलाई कठिन हुने बताए । 

Advertisement

ओलीले नेपालमा अब कुनै पनि हिंसात्मक द्धन्द्ध नरहेको बताउँदै थपे, ‘नेपाली जनताले नेपाली समाज, राष्ट्रले शान्ति खोजेको छ । नेपाली जनतालाई चाहिएका कुरामध्ये राष्ट्रियताको रक्षा, राष्ट्रिय अखण्डता, राष्ट्रिय हित, लोकतन्त्रको सृदृढीकरण, सामाजिक न्याय र समानता, भयपूर्ण वातावरणमा बाँच्न पाउने चाहना हो ।’ 

साथै, ओलीले आफूहरुले कसैलाई पनि प्रधानमन्त्री पद प्रस्ताव नगरेको बताउँदै केही नेताहरु आफ्नो पार्टीको सरकार ढालेर अरु कसैलाई प्रधानमन्त्री बनिदिनुस् न भनेर किस्तीमा राखेर हिँडेको बताए ।


 

Advertisement

Advertisement