आज सुन्दरीजल आइपुग्ने मेलम्चीको पानी हेर्न प्रधानमन्त्री जाने

Advertisement

काठमाडौं । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट शनिवार पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झर्ने भएको छ । हाल परीक्षणका लागि सुरुङमा पठाइएको पानी भोलि अपरान्हसम्म सुन्दरीजलमा आइपुग्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले सोको अवलोकन गर्नु हुने भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए । 

उनले शुक्रबारसम्म पानी १९ किलोमिटरको दुरीमा पानी आइपुगेको र अब एक किलोमिटर जति असजिलो भाग रहेको र त्यसपछि बाँकी भाग ओरालो भएकाले भोलिसम्म पानी सुन्दरीजल आइपुग्ने बताए । ।

Advertisement

यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्या बारेमा सजगता अपनाइएको थियो ।

हाल परीक्षणका लागि २६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने बताइएको छ ।

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement