नेपाल आयल निगमको थानकोट डिपो रि–इन्जिनियरिङ परियोजना उद्घाटन

Advertisement

काठमाडौं । नेपाल आयल निगमको थानकोटस्थित रि–इन्जिनियरिङ परियोजनाको उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गरेका छन् । यस परियोजनाअन्तर्गत कार्यालय स्तरोन्नती, आधुनिक टीएलएफ निर्माण, २०० ट्यांक ट्रक पार्किङ गर्न सकिने पार्किङ यार्ड, फायर फाइटिङ सिस्टम, फ्लो मिटर तथा सिभिल वर्कअन्तर्गत आरसीसी एसेस रोड र बाउण्डरी वालको उद्घाटन गरिएको हो ।

२०२७ सालमा पेट्रोलियम पदार्थको आयात, भण्डारण तथा बिक्रीबिरतण कार्य गर्ने उद्देश्यले नेपाल आयल निगम स्थापना भएकोमा २०५८ सालमा थानकोटमा इन्धन डिपो स्थापना भई यस क्षेत्रमा इन्धन बिक्री सुरु भएको थियो । 

Advertisement

करिव १०६ रोपनी क्षेत्रफलमा फैलिएको यस डिपो परिसरमा आठ हजार चार सय किलोलिटर, पेट्रोल छ हजार ७० किलोलिटर र मट्टितेल ७६० किलोलिटर क्षमताका भण्डारण ट्यांकहरु रहेका छन् । पछिल्लो समयमा पेट्रोलियम पदार्थका बिक्री परिमाण बढेपछि भण्डारण क्षमता बढ्न सकिरहेको थिएन् । थानकोट डिपोबाट १० जिल्लाका १८० पेट्रोल पम्पहरुलाई पेट्रोलियम पदार्थ बिक्री हुँदै आएको छ । 

हाल भारतको बरौनी र नेपालको अमलेखगञ्ज डिपोबाट डिजेल, पेट्रोल र मट्टितेल आयात तथा प्राप्ति गरी बिक्रीबितरणको व्यवस्था गरिँदै आएको छ । पेट्रोलियम पदार्थको माग प्रत्येक बर्ष सरदर १० प्रतिशतले बढ्दै आएको छ । इन्धनको बढ्दो माग र डिपोलाई व्यवस्थित र सुरक्षितसहित अन्तर्राष्ट्रियस्तरको बनाउने निगमले थानकोट डिपो आधुनिकीकरण परियोजना अघि बढाएको हो । यस परियोजनाअन्तर्गतको प्रथम चरणको काम सम्पन्न भएको निगमले जनाएको छ । 

उद्घाटन कार्यक्रममा उद्योग, बाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई, चन्दागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिलगायतको उपस्थिति थियो । 
अध्यक्ष,काभ्रे पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लगायत अन्य अतिथिज्यूहरुको उपस्थिति रहेको थियो।

Advertisement

Advertisement