बैंक तथा वित्तीय संस्था परिसंघको नेतृत्वमा गोल्याण

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को अध्यक्षमा पुनः पवन गोल्याण चयन भएका छन् । परिसंघको शनिबार सम्पन्न प्रथम साधारणसभाले गोल्याणको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । 

सर्वसम्मत चयन भएको १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा भोजबहादुर शाह र विकास बैंकहरूको तर्फबाट उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा केशवबहादुर रायामाझी, कोषाध्यक्षमा तुल्सीराम अग्रवाल, सचिवमा कुशकुमार मल्ली र सहकोषाध्यक्षमा मनोजकुमार केडिया, यस्तै सदस्यमा पृथ्बीबहादुर पाँडे, तुलसीप्रसाद गौतम, इच्छाराज तामाङ, उपेन्द्रकेशरी न्यौपाने, महेन्द्रकुमार गोयल, दशरथ रिमाल र हिरेन्द्रमान प्रधान छन् । 

Advertisement

Advertisement

Advertisement