ग्लोबल आइएमई बैंकले चैत १ देखि ३० लाख इकाई ऋणपत्र बिक्री खुला गर्दै

Advertisement

ग्लोबल आइएमई बैंकले चैत १ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ३० लाख इकाई ऋणपत्र बिक्री खुला गर्न लागेको हो । 

यसमध्ये १८ लाख इकाई ऋणपत्र भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला भएको हो ।

Advertisement

यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात् ६० हजार इकाई छुट्याएको छ । सर्वसाधारणले बाँकी ११ लाख ४० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् । यस ऋणपत्रमा वार्षिक ८.५० प्रतिशत ब्याजदर पाइनेछ । 

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधिको ‘८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नाममा ऋणपत्र जारी गरेको हो ।

बिक्री प्रबन्धकको काम सेञ्चुरी क्यापिटलले गर्नेछ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको छ ।  यो ऋणपत्रमा छिटोमा चैत ४ गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने चैत १६ गतेसम्म भर्न सकिनेछ । 

यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

Advertisement

Advertisement