कट्टेलको मुद्दामा आज फैसला, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैधानिकता समाप्त हुनसक्ने

Advertisement

काठमाडौं । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रले एकीकरणको नाममा आफ्नो पार्टीसँग मिल्दो नाम राखेको भन्दै नेकपा कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल हालेको मुद्दामा सर्वोच्च अदालतले आइतबार फैसला सुनाउने भएको छ । 

नाम फरक गराउने नाममा तत्कालिन एमाले र माओवादी केन्द्रले नयाँ पार्टीको नामको पछाडि ‘(नेकपा)’ थपेको थियो । तर, नेपाल कम्युनिष्ट पार्टी भएपछि नेकपा लेख्ने अधिकार आफूलाई मात्रै हुने भन्दै कट्टेलले नेपाल कम्युनिस्ट पार्टी अस्तित्वमा हुँदा हुँदै सोही नामको नयाँ पार्टी बनाएर निर्वाचन आयोगमा दर्ता गर्नु गलत भएको बताउँदै आएका थिए । आयोगले सत्ताको आडमा गलत निर्णय गरेको भन्दै उक्त निर्णयविरुद्ध सर्वोच्च गएका थिए । 

Advertisement

लामो समयपछि सर्वोच्चले आज यस मुद्दामा फैसला सुनाउन लागेको हो । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले मिति तोकेबमोजिम आज यस मुद्दाको फैसला हुने भएको हो । यसअघि १३ फागुनमा न्यायाधीशहरु श्रेष्ठ र रेग्मीको इजलासले २० फागुनमा फैसला गर्ने भनेकोमा पूर्व प्रधानन्यायधीश सुरेन्द्रप्रसाद सिंहको निधनले स्थगित भएको थियो । 

धेरैले यस मुद्दामा कट्टेलको पक्षमा फैसला हुनसक्ने अडकल गरेका छन् यदि कट्टेलको पक्षमा फैसला भए हालको विवादित नेकपामाथि नयाँ संकट उत्पन्न हुने र देशको राजनीतिले नयाँ मोड लिनसक्ने देखिन्छ । कट्टेलको पार्टी अहिले विप्लव, मोहन वैद्य किरण र आहुती नेतृत्वमा रहेको दलबीच समिकरणमा छ । 

Advertisement

Advertisement