काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यववसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाला सुनको मूल्य तोलाको पाँच सय रुपियाँले बढेर ८६ हजार एक सय रुपियाँ पुगेको छ ।
गत शुक्रबार यसको मूल्य तोलाको ८५ हजार छ सय रुपियाँ थियो । यता तेजावी सुनको मूल्य पनि तोलाको पाँच सय रुपियाँले नै बढेर ८५ हजार ६५० रुपियाँ पुगेको छ ।
गत शुक्रबारसम्म यसको मूल्य ८५ हजार १५० रुपियाँ थियो । यस्तै चाँदीको मूल्य भने गत शुक्रबार कै मूल्यमा कारोबार भइरहेको छ । यसको मूल्य आइतबार एक हजार २५० रुपियाँ रहेको छ ।