मध्यपूर्वका पर्यटकलाई लक्षित गरी नक्सालमा ‘अलेभ कबाब सल्टनेट’ रेष्टुरेन्ट सञ्चालनमा

Advertisement

काठमाडौं । मध्यपूर्वका पर्यटकहरुलाई लक्षित गर्दै नक्सालमा ‘अलेभ केबाब सल्टनेट’ रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको छ । रेष्टुरेन्टको आइतबारबाट औपचारिक सञ्चालन गरिएको हो । 

नेपाल चेम्बर अफ कमशका अध्यक्ष राजेशकाजी श्रेष्ठ, अनुपम फुडल्याण्डका सञ्चालक कृष्ण पौडेललगायतले सञ्चालनमा ल्याएको यस रेष्टुरेन्ट शुद्ध हलाल मासुबाट बनाइएका परिकारहरुका साथै मध्यपूर्वमा बढि प्रचलनमा रहेका कबाब, बाकलाभ, डोल्का, दही, डोनरकबाब उपलब्ध रहेको ‘अलेभ केबाब सल्टनेट’का सञ्चालक कृष्ण पौडेलले बताए । मध्यपूर्वका परिकारहरुमा अलिम, मह, पुदिना आदि बढि प्रयोग हुन्छ । 

Advertisement

उनका अनुसार हलाल मास भन्ने बित्तिकै नेपालमा फरक ढंगले हेर्ने गरिए पनि यस्तो मासु स्वास्थ्यका लागि बढि लाभदायक हुन्छ । मध्यपूर्वका साथै पश्चिमा पर्यटकहरुले पनि शुद्ध हलाल मासुहरु नै रुचाउने बताउँदै पौडेलले मध्यपूर्वका परिकारहरु तयार गर्न आफूहरुले टर्कीबाट सेफ नै बोलाएको बताए । 

उनले आर्थिकरुपमा सम्पन्न मध्यपूर्वका पर्यटकहरुलाई नेपालमा बढिभन्दा बढि आकर्षित गर्न तथा युरोपियनहरुको रुची बढि हुने मध्यपूर्वीय परिकारहरु उनीहरुसमक्ष प्रस्तुत गर्ने जमर्कोअनुसार आफूहरुले लडकाउनको बेलामा यस रेष्टुरेन्टको परिकल्पना गरेको बताए । पौडेलले चाँडै यसको फ्रान्चाइज पोखरामा पनि सञ्चालन गरिने बताए । किचन (भान्सा) पारदर्शी बनाइएको यस रेष्टुरेन्टमा उपभोक्ताहरुले आफूले अर्डर गरेका परिकारहरु आफ्नै अगाडि पकाएको देख्न सक्नेछन् ।  


 

Advertisement

Advertisement