शुरु भयो चाबहिल तरकारी तथा फलफूल होलसेल कृषि बजार

Advertisement

काठमाडौँ । चाबहिल तरकारी तथा फलफूल होलसेल कृषि बजार शुरु भएको छ । शनिबार एक समारोहका बीच बजार उद्घाटन गरिएको हो ।

आधुनिक कृषि बजारका अध्यक्ष रबिन्द्र ज्वारचनको अध्यक्षतामा तथा माइती नेपालकी अध्यक्ष तथा सामाजिक अभियन्ता अनुराधा कोइरालाले बजार उद्घाटन गरेकी हुन् । कृषि बजारमा रहेको २५० स्टल मार्फत अर्गानिक तरकारी तथा फलफूलहरु सुपथ मूल्यमा उपलब्ध गराइने भएको छ । अब सम्पूर्ण उपभोक्ताहरुले रोजीरोजी, ताजा र चाहे जस्तो तरकारी तथा फलफूल खरिद गर्न पाउने छन् ।

Advertisement

मुख्यतया बजारको उदेश्य भनेको सम्पूर्ण उपभोक्तालाई उचित मूल्यमा सबै प्रकारका तरकारी तथा फलफूलहरु उपलब्ध गराउनु हो । यसरी सम्पूर्ण उपभोक्ताहरुको सहजताकालागि सञ्चालनमा ल्याइएको अध्यक्ष ज्वारचनले बताए ।

चाबहिल तरकारी तथा फलफूल होलसेल कृषि बजार, ओम् अस्पतालको पछाडीपट्टि अवस्थित छ ।
 

Advertisement

Advertisement