प्रचण्ड–माधव समूहका साँसद विपक्षी बेन्चमा बस्न डराए, ओली समूहसँगै बस्ने तयारी

Advertisement

काठमाडौँ । सर्वोच्च अदालतको फैसलापछि आइतबार अपरान्ह ४ बजे बस्न लागेको संसद बैठकमा नेकपाको प्रचण्ड–माधव समूहका साँसदहरु विपक्षीमा बस्ने तयारीबाट पछि हटेका छन् । 

संसद बैठकमा विपक्षीको लाइनमा बस्ने र प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीबाट उक्त समूह पछि हटेको हो । प्रचण्ड–माधव समूहका नेताद्धय पुष्पकमल दाहाल प्रचण्ड  माधव नेपालले सभामुख अग्नी सापकोटालाई भेटेपछि संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पत्रकार सम्मेलन गरेका थिए । त्यस क्रममा उनले प्रचण्ड–माधव समूहका साँसद सत्तापक्ष सत्तापक्षकै सिटमा बस्ने बताएका छन् । 

Advertisement

अहिलेसम्म पार्टी विभाजनले वैधानिकता नपाएकोले विपक्षीमा बस्दा ओलीलाई कारवाही गर्न मौका मिल्ने भएकाले सत्तापक्षसँगै प्रचण्ड–माधव समूहका साँसद बस्न लागेका हुन् । 

पाण्डेले नेकपाका साँसदहरू आफ्नो अनुकूलतामा सोही सिटमा बस्नुहुन्छ भन्दै निर्वाचन आयोगबाट विभाजन भएको पत्र नपठाएसम्म आफूहरुले केही नगर्ने बताए । कार्यव्यवस्था परामर्श समितिमा मुख्य सचेतकलाई बोलाउनै पर्ने भन्ने कानुनी व्यवस्था नरहेको पनि उनको तर्क छ । संसद बैठकले कार्यव्यवस्थामा रहने व्यक्तिहरूको नाम अनुमोदन गर्ने र आमन्त्रित सदस्य भने सभामुखले नै बोलाउन सक्ने अभ्यास रहेको उनले बताए ।

Advertisement

Advertisement