मर्जर र एक्विजिशनको तयारीमा कुन कुन बैंक वित्तीय संस्था छन् ?

Advertisement

काठमाडौं । मर्जर (एकीकरण) र एक्विजिशज (प्राप्ती)लाई प्रशय दिने नेपाल राष्ट्र बैंकको नीतिअनुसार ३४ यस्ता वित्तीय संस्थाहरु मर्जर एक्विजिशनका लागि इच्छुक देखिएका छन् । 

बैंक वित्तीय संस्थाको संख्या आवश्यकताभन्दा बढि भएको ठहरसहित राष्ट्र बैंकलाई मर्जर र एक्विजिशनलाई प्रोत्साहनसहित प्रशय दिएको छ । राष्ट्र बैंकको विवरणअनुसार ३४ वटा संस्थाले मर्जर र एक्विजिशनका लागि निवेदन दिएका छन् । यी संस्थाहरुमाः 

Advertisement

इन्फिनिटि र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था
इन्फिनिटि लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्तलाई एक्वायर गर्ने भएको छ । यी दुवै लघुवित्तबीच एक्विजिसनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । 

नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्त वित्तीय संस्था 
नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई गाभ्ने तयारी गरेको छ । दुई संस्थाबीच बिहीबार मर्जर तथा प्राप्तीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपाल फाइनान्स र ललितपुर फाइनान्स 
नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने तयारी गरेको छ । नेपाल फाइनान्सको पुस २२ गते बसेको बैंठकले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने निर्णय गरेको हो । दुबै कम्पनीको प्राप्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर भइसकेको छ । 

डिप्रोस र नाडेव लघुवित्त वित्तीय संस्था 
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले नाडेप लघुवित्तलाई एक्वायर गर्ने भएको छ । दुवै कम्पनीबीच एक्विजिसनसम्बन्धी सम्झौतापत्रमा पुस १५ गते हस्ताक्षर भइसकेको छ ।

समाज र स्वस्तिक लघुवित्त वित्तीय संस्था
समाज लघुवित्त र स्वस्तिक लघुवित्त एक आपसमा मर्ज हुने भएका छन् । दुवै कम्पनीबीच असोज ५ गते एक आपसमा मर्ज हुने सम्झौतामा सहमति भएको थियो ।

मिर्मिरे र सिर्जनशीत लघुवित्त वित्तीय संस्था
मिर्मिरेले सिर्जनशील लघुवित्तलाई गाभ्ने भएको छ । दुई लघुवित्त कम्पनीबीच अजोज १२ गते गाभ्ने–गाभिने सम्झौतामा हस्ताक्षर भएको थियो ।

वोमी र ग्रामीण स्वयंसेवक लघुवित्त लघुवित्त वित्तीय संस्था 
वोमी लघुवित्तले ग्रामीण स्वयंसेवक लघुवित्तलाई प्राप्ति गरेर चैत ३ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयले अन्तिम स्वीकृति दिइसकेका छन् । दुवै एक भएपछि अब वोमी लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । 

एनआइसी एसिया र स्वदेशी लघुवित्त 
एनआइसी एसिया लघुवित्त र स्वेदशी लघुवित्त आपसमा मर्ज हुने भएका छन् । दुवै संस्था मर्ज गर्न सहमति पत्रमा हस्ताक्षर समेत भइसकेको छ । मर्जर सम्झौतासँगै एनआइसी एसिया लघुवित्त र स्वेदशी लघुवित्तको नेप्सेमा सेयर कारोबार रोक्का गरिएको छ । 

त्यसैगरी, समता लघुवित्त र घरेलु लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् । आरम्भ चौतारी, बिपीडव्लू र डेउराली लघुवित्त वित्तीय संस्था पनि एक आपसमा गाभिने तयारीमा छन् । यता विन लघुवित्त वित्तीय संस्था र नेपाल सेवा लघुवित्त वित्तयि संस्था पनि एक आपसमा गाभिने गृहकार्यमा लागेका छन् ।  

साहारा विकास बैंकलाई गरिमा विकास बैंकले एक्वायर गर्ने भएपछि असोज १८ गतेदेखि सहारा विकास बैंकको नेप्सेमा सेयर कारोबार रोक्का भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार विजय लघुवित्त र खपड लघुवित्त वित्तीय संस्था पनि एकआपसमा गाभिने भएका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार ग्लोबल आइएमई लघुवित्तले स्पर्स लघुवित्त वित्तीय संस्थालाई गाभ्ने भएको छ । तर, यी दुई कम्पनीबीच कुनै पनि सम्झौतापत्रमा हस्ताक्षर भएको छैन् । यस्तै, धौलागिरि लघुवित्त वित्तीय संस्था र  आँधीखोला लघुवित्त वित्तीय संस्था पनि एक आपसमा गाभिने भएका छन् । युनिक नेपाल र बुद्ध ज्योति लघुवित्तले एक आपसमा गाभिने कुरा भइरहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । 

मर्जर तथा प्राप्तीको कारण सयौं संस्थाको अस्थित्व मेटियो
मर्जर तथा प्राप्तिका कारण केही वर्षयता सयौं बैंक वित्तीय संस्थाले आफ्नो पहिचान गुमाएका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार अहिलेसम्म २७१ बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिएर १२५ मा सीमित भएका छन् । हालसम्म १४८ संस्थाको नाम मेटिएको छ । 

यसबीचमा एकैपटक सबैभन्दा धेरै बैंक वित्तीय संस्थालाई मर्जर तथा प्राप्ति गर्ने बैंकको रुपमा एनएमबी बैंक रहेको छ । यस बैंकले २०७१ भित्रमा पाथिभारा विकास बैंक, भृकुटी विकास बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक र प्रुडेन्सियल फाईनान्स कम्पनीलाई मर्जर गरेको थियो । 

यसरी मर्जरमा जानेमा बैंकभन्दा लघुवित्तको संख्या धेरै रहेको छ । यस्ता कम्पनीहरुलाई बाणिज्य बैंकहरुले धमाधम मर्जर तथा प्राप्ति गरिरहेका छन् । राष्ट्र बैंकका अनुसार गत बैशाखदेखि हालसम्म ३४ कम्पनी मर्जर तथा प्राप्ति भएर १७ कम्पनीमा सीमित भएका छन् ।

Advertisement

Advertisement