२ वाणिज्य बैंक र १ लघुवित्तको १ करोड ८० लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत, कस्को कति ?

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा १ करोड ८० लाख ७७ हजार ४ सय ७२.८७ कित्ता बोनस शेयर सूचीकृत भएको छ । २ वाणिज्य बैंक र १ लघुवित्त वित्तीय संस्थाको उक्त बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । 

यसैक्रममा माछापुच्छ्रे बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ७.०३ प्रतिशत बोनस बापतको ५९ लाख ४६ हजार १ सय ६९.३१ कित्ता शेयर सूचीकृत भएको हो । 

Advertisement

त्यसैगरी कुमारी बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ९ प्रतिशत बोनस बापतको ८८ लाख ३१ हजार ३ सय ३.५६ कित्ता शेयर आजै नेप्सेमा सूचीकृत भएको छ । 

यता छिमेक लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको २२ प्रतिशत बोनस बापतको ३३ लाख कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।  

Advertisement

Advertisement