अदालतको फैसलाबाट ओली खुसी

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अस्तित्व समाप्त गरेर तत्कालिन एमाले र माओवादी केन्द्र ब्यूँताएपछि प्रधानमन्त्री केपी ओली खुशी भएका छन् । 

संसद भवनमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने प्रतिक्रिया दिएका छन् । यद्यपि उनले फैसलाको पूर्णपाठ पढिसकेपछि मात्रै थप प्रतिक्रिया दिने बताएका छन् । संसद बैठकमा भाग लिन गएका ओली अदालतको फैसला आएसँगै पार्टीमा छलफल गर्न भन्दै फर्किएका थिए । 

Advertisement

सर्वोच्च अदालतले ऋषि कट्टेलको नेतृत्वमा रहेको नेकपालाई आधिकारिकता दिँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताएको हो । 

Advertisement

Advertisement