प्रचण्ड–माधव समूहले संसद बैठक बहिस्कार गर्यो, काँग्रेसले रोष्टम घेर्दै नाराबाजी गर्यो

Advertisement

काठमाडौं । संसदको आइतबारको बैठक पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपालको समूहले बहिष्कार गरेका छ भने नेपाली काँग्रेसले रोष्टम घेराउ गर्दै नाराबाजी गरेको छ । 

संवैधानिक परिषदसम्वन्धी यसअघि सरकारद्धारा जारी अध्यादेश संसदमा टेबुल गर्ने विषयलाई लिएर प्रचण्ड–माधव समूह र काँग्रेसले विरोध जनाएका हुन् । असहमतिका बीच सभामुख अग्नि सापकोटाले संसदको पहिलो बैठकमा विधेयकहरु पेश गर्नैपर्ने प्रावधानअनुसार अध्यादेश टेबुल गर्न कानुनमन्त्रीलाई समय दिने भनेपछि प्रचण्ड–माधव समूह बैठक बहिस्कार गरेर बाहिर निस्किएको थियो । 

Advertisement

त्यसलगत्तै काँग्रेस रोष्टममा गएर नााबाजी गर्न थालेको थियो । नाराबाजीकै बीच कानुनमन्त्रीले अध्ययादेश पेश गरेका थिए । सभामुखले प्रचण्ड–माधव समूहका भीम रावल, काँग्रेसका पुष्पा भुसाल र बालकृष्ण खाँडलाई बोल्न समय दिएका थिए । 

बोल्ने क्रममा रावलले प्रधानमन्त्री केपी ओली कुन दलको हुन् ? भन्दै प्रश्न गरेका थिए । आज मात्रै सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वैधानिक हैसियत समाप्त गरेर ऋषि कट्टेलको नेकपालाई वैधानिकता दिएको थियो । रावलले सर्वोच्चको फैसला अनुसार ओली कुनै दलको नभएको तर्क गरे । उनले प्रतिनिधि सभाको हत्या गरेकाले यही प्रतिनिधि सभामा अध्यादेश राख्न नमिल्ने उनको तर्क छ । 

Advertisement

Advertisement