डा. भीमार्जुन आचार्यको प्रश्न– यो मुलुक के नेता र तिनका लम्पट कार्यकर्ताको निजी कम्पनी हो ?

Advertisement

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले दलका नेता र तिनका लम्पट कार्यकर्ताले मुलुकलाई निजी कम्पनी जस्तो बनाएको बताएका छन् । प्राइम टिभीको एक कार्यक्रममा बोल्दै उनले पार्टी एकता र विभाजनका नाममा नाटक देखाउने काम भएको बताए । 

आचार्यले ऋषि कट्टेलको पक्षमा फैसला गर्दै नेकपालाई खारेज गर्ने र एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलाले केही कुराहरुलाई सत्यानास गरेको भन्दै अब संघीय गणतन्त्रको विकृत रुप देख्न पाइने, संविधान र अहिलेको व्यवस्था खारेजीतर्फ जाने र मुलुक थप अन्योलता र अस्थिरतातर्फ जाने बताए । सर्वोच्चको फैसला अनपेक्षित र राजनीतिक खालको रहेको उनको तर्क छ । 

Advertisement

डा. आचार्यले सर्वोच्च अदालतको फैसलाबाट प्रधानमन्त्री केपी ओली झन अराजक बन्न बाटो खुलेको र उनी झन शक्तिशाली भएको तर्क पनि गरे । उनले अब एमाले र माओवादी केन्द्रमा एकले अर्कोलाई कारवाही गर्ने श्रृंखला सुरु हुने भन्दै यसले मुलुकलाई थप बर्बादितर्फ धकेल्ने बताए । 

Advertisement

Advertisement