माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, एमाले नेता माधव र झलनाथ के  गर्लान ?

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले तत्कालिन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि पहिलो पटक माओवादी केन्द्रको सोमबार स्थायी कमिति बैठक बस्न लागेको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक अपरान्ह ३ बजेका लागि सारिएको छ । 
 
मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न भन्दैमा माओवादी केन्द्रले बोलाएको बैठक नेकपा (प्रचण्ड–माधव) समूहकै हैसियतमा बोलाइएको छ । 

जानकारहरुका अनुसार बैठकमा एमालेका माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरु सहभागी हुनेनहुने विषय अन्योलमा परेका छन् बैठकमा भाग लिँदा एमालेका अध्यक्ष रहेका केपी ओलीले कारवाही गरेर पार्टीबाट निष्काशन गर्नसक्ने भय माधव नेपाल र झलनाथ खनाल पक्षधर एमाले नेताहरुमा देखिएको छ । 

Advertisement

स्रोतका अनुसार माधव र झलनाथ सकेसम्म बैठकमा सहभागी नहुने मनस्थितिमा रहेका छन् । सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएपछि ओली खुशी भएका छन् भने माधव र झलनाथ रुष्ट भएका छन् । अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएसँगै ओलीले एमालेको संसदीय दलको बैठक बोलाएका थिए । बैठकमा माधव र झलनाथनिकट साँसदहरु भने सहभागी भएनन् । 

स्रोतका अनुसार माधव नेपाल पक्षधर नेताहरु एमालेमै रहेर ओलीविरुद्ध संघर्ष गर्ने रणनीतिमा रहेका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा प्रचण्ड एक्लैले हस्ताक्षर गरेबाट पनि माधव नेपाल उक्त समूहका बैठक तथा निर्णयमा तत्कालै सहभागी नहुन खोजेको देखिन्छ ।

Advertisement

Advertisement