कुनै समय प्रचण्डसँग नजिक रहेकी रेखा थापाले विप्लवलाई भेटिन्

Advertisement

काठमाडौं । राजनीतिमा रुची राख्दै आएकी अभिनेत्री रेखा थापाले नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई भेटेकी छन् । कुनै समयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सँगै नाचेर चर्चामा आएकी रेखामा अहिले प्रचण्डप्रति वितृष्ण रहेको छ । 

उनले विप्लव खुल्ला राजनीतिमा आएसँगै उनलाई भेटेकी छन् । रेखा 
हाल राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य रहे पनि विप्लवलाई भेट्नु अर्थपूर्ण देखिन्छ । विप्लप्रति पहिल्यैदेखि सहानुभूति राख्दै आएकी उनले लाजिम्पाटको एउटा क्याफेमा भेटेकी हुन् । 

Advertisement

विप्लवसँग रेखाको यो पहिलो भेट हो । विप्लवलाई भेटेर आफू थप उत्साहित भएको बताउने उनले मुक्तकण्ठले प्रसंशा पनि गरेकी छन् । विप्लव निस्वार्थ, त्यागी र देशभक्त नेता भएको उनको विश्लेषण छ । अब देशको नेतृत्व विप्लवले गर्नुपर्ने रेखाको तर्क छ । 

Advertisement

Advertisement