आन्तरिक राजश्व विभागले लक्ष्यअनुसार कर उठाउन सकेन्

Advertisement

काठमाडौं । आन्तरिक रावश्व विभागले चालु आर्थिक बर्षको पहिलो सात महिना (माघसम्म) करिव ९६ प्रतिशत मात्रै राजश्व संकलन भएको जनाएको छ । विभागका अनुसार यस अवधिमा ९५ दशमलव ९ प्रतिशत मात्रै राजश्व संकलन भएको हो । 

कोरोना महामारी र त्यसलाई नियन्त्रण गर्ने क्रममा लगाइएको लकडाउनको असर कम हुँदै गए पनि राजश्व संकलनमा भने यसको असर अझै देखिएको छ । विभागले यस अवधिमा एक खर्ब १२ अर्ब ४३ करोड रुपियाँ आयकर, ६५ अर्ब १२ करोड रुपियाँ मूल्य अभिवृद्धि कर (भ्याट), ४३ अर्ब ५८ करोड अन्तःशुल्क, शिक्षा, सेवा शुल्क र अन्य शीर्षकमा दुई अर्ब ८८ करोड रुपियाँ गरी दुई खर्ब २४ अर्ब एक करोड रुपियाँ संकलन भएको जनाएको छ । यो लक्ष्यभन्दा नौ अर्ब ७२ करोड रुपियाँले कम हो । 

Advertisement

मुलुकभित्र राजश्व असुली न्यून हुनुको कारण कोभिड १९ ले अर्थतन्त्रमा पारेको संकुचन तथा आर्थिक कारोबारमा परेको नकारात्मक प्रभाव हो भन्दै विभागले लक्ष्य भेटाउन वैकल्पिक व्यवस्था गरिने जनाएको छ ।

Advertisement

Advertisement