‘डिशहोम गो’मा अब ७० च्यानल मोवाइलमै हेर्न पाइने

Advertisement

काठमाडौं । डिशहोमले आफ्ना ग्राहकहरुलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधा ‘डिशहोम गो’ सुरु गरेयता २० वटा च्यानल मात्र सञ्चालन भइरहेकोमा, अबदेखि ७० वटा च्यानल हेर्न मिल्ने गरी सेवा थप गरेको छ ।

यससँगै डिशहोम गो एपले भिडियो अन डिमाण्ड सेवा पनि सुरु गरेको छ, जसमा आफूले चाहेको समयमा अंग्रेजी, हिन्दी तथा नेपाली सिरिज, फिल्म, सर्टफिल्महरु हेर्न सक्नेछन्  । कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न दिने गरी केही समय अघि यो मोबाइल एप ल्याएको थियो ।

Advertisement

डिशहोमले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरुलाई इन्टरनेटको ओटीटी प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको हो । कम्पनीका अनुसार यो एप प्रयोगका लागि थप कुनै शुल्क लाग्ने छैन । डिशहोम प्रयोगकर्ताले डीटीएच कनेक्सनको कस्टमर आईडी प्रयोग गरि निःशुल्क रुपमा यो सेवा प्रयोग गर्न पाउने छन् ।

डिशहोमका प्रयोगकर्ताले एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र एप्पलका लागि एप स्टोरबाट डिशहोम गो ओटीटी एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सक्नेछन् । 
 

Advertisement

Advertisement