अमट्रेडको बजार योजना सार्वजनिक, पोखराको भट्टराई एण्ड ब्रोदर्स बन्यो उत्कृष्ट डिलर

Advertisement

काठमाडौं । अमट्रेड प्रालीले भट्टराई एण्ड ब्रोदर्स पोखरालाई फेब्रुअरी महिनाको ‘डिलर अफ द मन्थ’ सम्मान प्रदान गरेको छ । आफ्नो बार्षिक बजारीकरण योजनाअन्तर्गत कम्पनीले निर्धारण गरेको मापदण्ड भित्र रहेर हरेक महिना उच्च कारोवार गरेको भन्दै ती डिलरहरुलाई सम्मान गरिएको हो । 

फेब्रुअरी महिनामा उक्त स्थान हासिल गर्न सफल भट्टराई एण्ड ब्रोदर्स पोखराका संचालक अम्बिकामोहन भट्टराईलाई अमट्रेडका सह–महाप्रवन्धक योगराज ढुङ्गानाले सम्मानपत्रको साथमा पुरस्कार प्रदान गरे । ढुङ्गानाका अनुसार सन २०२१ भर हरेक महिना निर्धारित मापदण्डमा रहेर उच्च कारोवार गर्ने एक डिलरलाई डिलर अफ द मन्थको सम्मानपत्र तथा पुरस्कार प्रदान गरिन्छ । 

Advertisement

यसैबीच लुमिनस पावर ब्याकअप सोलुसनको निमित्त नेपालको लागि आधिकारिक वितरक अमट्रेड प्रालीले सन २०२१ मा सञ्चालन गर्ने आफ्ना बजारीकरण गतिविधिहरुको योजना सार्वजनिक गरेको छ । तीन तहमा निर्धारण गरिएको उक्त योजनाले डिलर, सब–डिलर र उपभोक्तालाई समेटेको छ । स्थानीय तह र बजारमा रहेका अमट्रेडका डिलरहरुमार्फत उक्त योजनाका विभिन्न गतिविधिहरु संचालन हुनेछन । 

डिलरले प्रस्तुत गरेको अवधारणापत्रबमोजिम स्थानीयस्तरमा आयोजना हुने बजारीकरण गतिविधिहरु संचालन हुनेछन भने सब–डिलर र उपभोक्ताको हकमा आयोजना हुने गतिविधि कम्पनी आफैले संचालन गर्नेछ । लुमिनसका डिलरलाई कुनैपनि प्रकारको अतिरिक्त कार्यभार तथा व्ययभार ब्यहोर्न नपरोस भन्ने उद्देश्यले यस्तो ब्यवस्था गर्न लागिएको कम्पनीले जनाएको छ ।    

Advertisement

Advertisement